गृहपृष्ठ Featured एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार ६ सय रुपैयाँ पुगेको महासंघको जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित् समाचार