गृहपृष्ठ Featured एमालेको प्रतिबद्धता : सबै प्रकारका भत्ता वृद्धि गर्ने, दुई वर्षमा सबैको बैंक खाता

एमालेको प्रतिबद्धता : सबै प्रकारका भत्ता वृद्धि गर्ने, दुई वर्षमा सबैको बैंक खाता

 काठमाडौं ।

नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

एमालेले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै सबै प्रकारका भत्ता वृद्धि गर्ने योजना अघि ल्याएको हो । आगामी दुई वर्षमा सबैको बैंक खाता भएको हुने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, ‘सबै साना किसान तथा साना व्यवसायीहरुलाई लघु विमा सेवा उपलब्ध गराउने । उद्यमशीलताका लागि सहुलीयतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउने । ‘

घोषणापत्रमा हरेक व्यक्तिलाई गर्भावस्थादेखि वृद्धावस्थासम्म राज्यद्वारा सुरक्षा दिइने भनिएको छ । २ वर्षमा विद्युतमा सबैको पहुँच पुर्‍याइने, ५ वर्षमा विद्युत उत्पादन क्षमता ६ हजार पाँच सय मेगावाट पुर्‍याइने घोषणापत्रमा उल्लेख छ ।

 

सम्बन्धित् समाचार