गृहपृष्ठ Featured नाबीले दिए अफगानिस्तानको कप्तान पदबाट राजीनामा

नाबीले दिए अफगानिस्तानको कप्तान पदबाट राजीनामा

मोहम्मद नाबीले अफगानिस्तानको कप्तान पदबाट राजीनामा दिएका छन् । आईसीसी विश्वकप क्रिकेटको सुपर १२ बाट अफगानिस्तान बाहिरिएसँगै उनले कप्तान पदबाट राजीनामा दिएका थिए । यसअघि रासिद खानले पनि एसियाकप सुरु नहुँदै कप्तान पदबाट राजीनामा दिएका थिए ।

अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपमा शुक्रबार अफगानिस्तान अष्ट्रेलियासँग पराजित भएको थियो ।  विश्वकपमा अफगानिस्तान जित विहीन रह्यो । अफगानिस्तानले ५ खेलमा ३ हार र दुई नतिजा विहीनको नतिजा निकाल्यो ।

अफगानिस्तान समूह १ को पुछारमा रह्यो । नाबीले विश्वकप अघि अफगानिस्तानको कप्तानी सम्हालेका थिए ।

सम्बन्धित् समाचार