गृहपृष्ठ Featured वामदेव नेतृत्वको एकता अभियानको समर्थन विष्णु पौडेललाई

वामदेव नेतृत्वको एकता अभियानको समर्थन विष्णु पौडेललाई

वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही–२ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु प्रसाद पौडेललाई समर्थन गरेको छ ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएकाले  समर्थन गर्ने निर्णय भएको बताए ।

पौडेल सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति भएको उनको भनाइ छ ।

नेकपा एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही–२ मा आफूहरुको २५ सय मतदाता रहेको दावी गरे ।  वामदेव गौतमको अभियान  अहिले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छैन ।

रुपन्देही–२ मा एमालेका उम्मेदवार पौडेल र सत्ता गठबन्धनको समर्थन पाएका जनमुक्ति पार्टी केशव थापाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

सम्बन्धित् समाचार