गृहपृष्ठ Featured ब्याजदरविरुद्ध घोराही र तुलसीपुरका व्यवसायी आन्दोलित

ब्याजदरविरुद्ध घोराही र तुलसीपुरका व्यवसायी आन्दोलित

प्रकाशित मिति:

दाङ ।

बैंकको ब्याज वृद्धिविरुद्ध घोराही र तुलसीपुरका व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले बुधबार घोराही र तुलसीपुरका नेपाल बैंकमा धर्ना दिएका छन् । यसअघि ब्याज वृद्धिको विरोधमा घोराही र तुलसीपुर बजारमा प्रदर्शन गरिएको थियो ।

बैंकले एक्कासी ब्याज वृद्धि गर्दा व्यवसाय नै धरासयी भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । अरु कतिपय व्यवसाय बन्द हुने अवस्थामा रहेको उनको भनाइ छ । व्यवसायीसँग कुनै छलफल नगरी एकतर्फीरुपमा ब्याज वृद्धि हुँदा व्यवसायी तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए ।

यसविरुद्ध चरणबद्ध आन्दोलन सुरु हुने उनको भनाइ छ । जिल्लाभरका व्यवसायी आन्दोलनमा सहभागी भएको र व्यवसायीको आवाज सुनुवाइ नभए थप कडा कार्यक्रम तय गर्न बाध्य हुने बुढाथोकीले बताए ।

सम्बन्धित् समाचार