गृहपृष्ठ Featured जनतालाई विकासको अनुभूमि गराउन आवश्यक : वडाध्यक्ष आचार्य

जनतालाई विकासको अनुभूमि गराउन आवश्यक : वडाध्यक्ष आचार्य

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रमोद आचार्यले जनतालाई विकासको अनुभूमि गराउन आवश्यक रहेको बताएका छन् । जनताको चाहना अनुरुप विगतमा जनप्रतिनिधिले काम गर्न नसकेको गुनासो आउने गरेको बताउँदै उनले भने, ‘जनतालाई नहुने ठूलो विकासको सपना बाड्नु हुदैन् । उनीहरुलाई विकासको अनुभूमि गराउन आवश्यक छ ।’

जनताले आधारभूत आवश्यकताको सहज परिपुर्ति चाहेको उनको भनाई छ ।

क्षेत्रफलका हिसाबले वडा नम्बर ९ ठूलो भएकाले सिमित बजेटमा विकासका पुर्वाधार निर्माण गर्न चुनौति रहेको उनले बताए । भौतिक पुर्वाधारको निर्माणले मात्र वडा समृद्ध नहुने बताउँदै उनले भने, ‘जनतालाई दक्ष, सिपययुक्त बनाउँदै रोजगारीको अवसर प्रदान गर्न वडाले विभिन्न निकायसंग काम गर्ने छ ।’

वडाध्यक्ष आचार्यले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक जस्ता विकासका पुर्वाधारमा गुणस्तरीयता ल्याउनुपर्ने बताए ।

वडावासीले आफुलाई धेरै विश्वास गरेर वडाको अभिभावक बनाएकाले नमुना काम गरेर देखाउने उनले जिकीर गरे ।
‘वडावासी मलाई धेरै नै विश्वास गरेर वडाको अभिभावक बनाउनु भएको छ । उनले भने, ‘म त्यो विश्वासलाई टुटन दिन्न । नमुना काम गरेर देखाउँछु ।’

सम्बन्धित् समाचार