गृहपृष्ठ Featured नेपालमा छायाङ्कन गरिएको बलिउड फिल्म ‘उचाइ’ले कति कमायो?

नेपालमा छायाङ्कन गरिएको बलिउड फिल्म ‘उचाइ’ले कति कमायो?

प्रकाशित मिति:

काठमाडौं ।

गत शुक्रवारदेखि प्रदर्शन भएको बलिउड फिल्म ‘उचाइ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। नेपालमा छायाङ्कन भएको यस फिल्मले दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।

शुक्रवार रिलिजको पहिलो दिन यस फिल्मले १ करोड ८१ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो। जुन राम्रो ओपनिङ हो किनकी यो फिल्म पहिलो दिन देशभर ४८३ स्क्रिनमा मात्र रिलिज भएको थियो।

त्यसैगरि, दोस्रो दिन शनिवार फिल्मले ३ करोड ५० लाख बराबरको कलेक्सन गरेको छ। जुन व्यापार पहिलो दिनभन्दा लगभग ५० प्रतिशतले बढी हो। दुई दिनमा फिल्मले जम्मा ५ करोड ३१ लाख भारतीय रुपैयाँको व्यापार गर्न सफल भएको छ।

समीक्षकबाट पाइरहेको सकारात्मक प्रतिक्रियाका कारण फिल्मको व्यापारमा वृद्धि भइरहेको छ। सुरज वर्जत्य निर्देशित फिल्मले चार मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ। फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, ड्यानी डोन्जोङ्पा लगायत परिणिती चोपडा र सारिका हसनको पनि महत्त्वपूर्ण भूमिका छ।

निर्देशक वर्जत्यले यसअघि ‘मेने प्यार किया’, ‘हम आपके हे कौन’, ‘प्रेम रतन धन पायो’ जस्ता सफल फिल्महरु निर्देशन गरिसकेका छन्। मुख्यतया पारिवारिक ड्रामा फिल्मका लागि चर्चित राजश्री प्रोडक्सनको ‘उचाइ’ले दर्शकको निकै माया पाउने देखिन्छ।

सम्बन्धित् समाचार