गृहपृष्ठ Featured झापामा सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु

झापामा सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु

प्रकाशित मिति:

झापा ।

झापामा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । कन्काई नगरको दुर्गापुरमा बस र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडिको सिटमा सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनाका घाइते दम्पतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार