गृहपृष्ठ Featured कपिलवस्तुमा सुरक्षा व्यवस्था कडा

कपिलवस्तुमा सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा एक हजार दुई सय बढी नेपाल प्रहरी, दुई हजार चार सय बढी म्यादी प्रहरी, प्रत्येक पालिकमा घुम्ती टोली र मतदानस्थलको सुरक्षा गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाका ३ निर्वाचन क्षेत्रमा प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।

प्रहरीको गस्ती टोलीले सीमा-नाकामा विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारत खुला नाकाका कारण हुनसक्ने अपराधिक गतिविधिलाई रोक्न कडाइ गरेको प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताए ।

जिल्लामा रहेका २ सय ३४ मतदानस्थलमा विहिबारबाटै सुरक्षाकर्मी तथा निर्वाचनमा खटिने कर्मचारी पुगिसकेको उनले बताए । निर्वाचनलाई विश्वसनीय, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने गरि सुरक्षा व्यवस्था मिलाईएको उनले बताए ।

जिल्लामा निर्वाचनलाई लक्षित गरी सवारी आवगमनलाई समेत कडाइ गरिएको छ ।

सम्बन्धित् समाचार