वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनको लागी २ सय ३४ मतदान स्थलमा कर्मचारी तथा सुरक्षाकर्मी पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जनाएको छ ।
मतदान केन्द्र अपाङ्गमैत्री, वृद्धवृद्धाहरु, असहाय, अशंक्तहरुलाई सहजता हुने गरी बनाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन स्वच्छ हुने र निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई अनुरोध गरेको छ ।
जिल्लाका २ सय ३४ मतदानस्थलमध्ये २८ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्रमा राखिएको छ । सुरक्षा समितिका अनुसार जिल्लामा एक सय ७ वटा मतदानस्थल संवेदनशील र ९९ मतदानस्थललाई सामान्य मानिएको छ ।
जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता छन् ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।








