वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा ६५ प्रतिशत भन्दा बढी मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार साढे ५ बजेसम्म प्राप्त जानकारी अनुसार ६५ प्रतिशत भन्दा बढी मत खसेको हो ।
निर्वाचन अधिकृतहरुबाट मत खसेको जानकारी प्राप्त गर्ने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयकी सुचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिईन् ।
३ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा तीन लाख ७८ हजार २ सय ३२ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।








