गृहपृष्ठ Featured मनाङमा प्रतिनिधि र प्रदेश सभातर्फ एमालेको अग्रता

मनाङमा प्रतिनिधि र प्रदेश सभातर्फ एमालेको अग्रता

लमजुङ ।

मनाङमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा एमालेले अग्रता लिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभातर्फ ९ सय ८५ मत गणना हुँदा नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले ५ सय ९४ मत ल्याएका हुन् । कांग्रेसका टेकबहादुर गुरुङले ३ सय ८८ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

प्रदेश सभा ‘१’ तर्फ ७ सय ८५ मत गणना हुँदा एमालेका राजनबहादुर गुरुङले ४ सय ७८ मत ल्याएका छन् । कांग्रेसका मुनिन्द्रजंग गुरुङले २ सय ९४ मत ल्याएको शर्माले बताए ।

मनाङमा ७१ दशमलव ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा ४ हजार ८ सय ४५ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित् समाचार