काठमाडौं ।
प्रतिनिधिसभा सदस्यतर्फ काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार गोकुल बाँस्कोटाको जित निश्चितजस्तै देखिएको छ ।
यहाँ अब पाँच हजार नौ मत गन्न बाँकी छ । अहिलेसम्म बाँस्कोटाले पाँच हजार ७१८ मतान्तरसहित अग्रता लिएका छन् ।
गणना गर्न बाँकी मतभन्दा बढी मतान्तरले बाँस्कोटाको अग्रता छ । नेपाली कांग्रेसका उमदेवार शिव हुमागाईंले उनलाई पछ्याइरहेका छन् ।







