गृहपृष्ठ Featured नारायणघाट–बुटवल सडक : समय सकिँदा पनि १८ प्रतिशत मात्रै काम !

नारायणघाट–बुटवल सडक : समय सकिँदा पनि १८ प्रतिशत मात्रै काम !

नारायणघाटबाट बुटवल जाँदै हुनुहुन्छ ? अति आवश्यक काम परेको छैन भने नजानुस् । किनभने गैँडाकोटदेखि बुटवलसम्मको ११३ किलोमिटर बाटो हिँडिसाध्य छैन ।

सडक पुरै कच्ची छ । पानी परेको समय छ भने हिलो र खाल्डोमा भरिएको पानीले यात्रा मुस्किल पार्नेछ । पानी परेको छैन भने डुङ्डुङ्ती उड्ने धुलोको मुस्लोले बाटो नै देखिँदैन । यात्रा असाध्यै कष्टकर हुनेछ ।

गैँडाकोटदेखि बर्दघाटसम्मको ७४ किलोमिटर सडकमा मुस्किलले १० किलोमिटर जति पनि कालोपत्रे सडक भेटिँदैन । सबै भत्किएको वा भत्काइएको छ । बरु बीच सडकमा माटो थुपारेको भेटिन्छ । सडकका दुवै किनारातिर सडक विस्तारका लागि भन्दै अलि होचो कच्ची सडक बनाएर छाडिएको छ, जसको कारण दुर्घटना बढी हुने खतरा छ । सडक छेउछाउका रुखबिरुवा धुलाम्मे छन् । बस्तीहरू धुलोको मुस्लोमुनि नदेखिने गरी हराएका छन् ।

एसियाली विकास बैङ्कबाट ऋण लिएर ४ लेनको चिल्लो सडक बनाउने सपना देखाउँदै सो सडकमा ३ वर्षअघिदेखि धुलो उडाउन थालिएको हो । सुरुमा भनिए जसरी काम भएको भए अहिलेसम्म गैँडाकोटदेखि बुटबलसम्म ४ लेनको चिल्लो सडक बनिसकेको हुन्थ्यो । तर बनाइसक्ने भनिएको समय सकिँदा पनि सो सडक खण्डको १८ प्रतिशत मात्रै काम सकिएको छ ।

सम्बन्धित् समाचार