गृहपृष्ठ Featured मायादेवी बन्यो ‘एक वडा,एक एम्बुलेन्स’ अभियान पुरा गर्ने लुम्विनीकै पहिलो पालिका

मायादेवी बन्यो ‘एक वडा,एक एम्बुलेन्स’ अभियान पुरा गर्ने लुम्विनीकै पहिलो पालिका

कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाले एक वडा एक एम्बुलेन्सको अभियान पुरा गर्ने लुम्विनी प्रदेशकै पहिलो पालिका बनेको छ । गाउपालिकाले चार उप स्वास्थ्य चौकीलाई चार वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । योसंगै ८ वटा वडा रहेको मायादेबी गाउपालिकामा सबै वडामा एम्बुलेन्स पुगेको छ ।

एक वडा एक एम्बुलेन्सको अवधारणा अन्तर्गत मायादेवी गाउँपालिकाले यसअघि पहिलै ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ । वडा नम्बर ३ फुलिका, ४ पिपरा, ५ बलहुवा र ६ डुमरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष वलीउद्दीन मुसलान र उपाध्यक्ष मेयर सरस्वती यादवले वडाध्यक्ष र वडाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । प्रभावकारी स्वास्थ्य सेवाको पहुच बढाउन गाउपालिकाका सबै वडामा एम्बुलेन्स प्रदान गरिएको अध्यक्ष मुसलमानले बताए । उनले समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाअओस भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए ।

महिन्द्रा कम्पनीको एम्बुलेन्स गाउपालिकाले भन्सार छुट सहुलियतमा खरिद गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले बताए । जिल्ला कै १० पालिका मध्ये मायादेबी गाउपालिकाको सबै वडामा एम्बुलेन्सको पहुच पुग्ने पहिलो पालिका भएको उनले बताए ।

सो अवसरमा एम्बुलेन्सको चाबी लिदै वडा नम्बर ३ फुलिकाका वडाध्यक्ष शैलेन्द्र कुमार यादवले गाउपालिकाले स्वास्थ्य क्षेत्रकालागि गरेको काम निकै राम्रो रहेको बताए । यसले गाउपालिका भरी नै राम्रा सन्देश जाने उनले बताए ।

सम्बन्धित् समाचार