गृहपृष्ठ Featured निगमले मलेसिया र कतारबाट भैहरवा उडान गर्ने

निगमले मलेसिया र कतारबाट भैहरवा उडान गर्ने

काठमाडौँ ।

नेपाल वायुसेवा निगमले कतार र मलेसियाबाट फर्किने जहाजलाई भैरहवा टचडाउन गराउँदै काठमाडौं अवतरण गराउने भएको छ । काठमाडौंबाट दिल्ली पुगेको विमानलाई त्यहाँबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किने अनुमति भारतले नदिएपछि नयाँ रुट तय गरेको हो ।

भारतीय नागरिक उड्डयन निकाय (डीजीसीए) बाट ‘अनुमति प्राप्त नभएपछि’ निगमले यस्तो निर्णय लिनुपरेको नागरिक उड्ययन प्राधिकरणलाई जानकारी दिएको छ । भारतबाट नपाएपछि अब उसले कतारको दोहा र मलेसियाको क्वालामपुरबाट भैरहवा उडान गर्ने भएको हो ।

उडान अनुमति दिने नागरिक उड्डयन प्राधिकरण बबरमहलमा निगमको वाणिज्य विभागले सोमबार मलेसियाको राजधानी क्वालालमपुर र कतारको राजधानी दोहाबाट फर्किने नेपाल वायुसेवा निगमको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै (टचडाउन) गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्किने तालिका बुझाएको थियो । उक्त तालिकालाई प्राधिकरणले बुधबार स्वीकृति दिएको छ ।

सम्बन्धित् समाचार