गृहपृष्ठ Featured सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया नकआउट चरणमा

सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया नकआउट चरणमा

प्रकाशित मिति:

दक्षिण कोरिया कतार विश्वकप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनल स्थान पक्का गर्ने तेस्रो एसियन राष्ट्र बनेको छ । दक्षिण कोरियाले पोर्चुगललाई नाटकीय रूपमा २–१ ले स्तब्ध पार्दै समूह ‘एच’को उपविजेता बन्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । पोर्चुगल एक खेलअगाडि नै नकआउट चरणमा पुगिसकेको थियो ।

यसै एजुकेसन रंगशालामा उरुग्वे र घानाबीच खेल भएको थियो । उरुग्वेले घानालाई २–० ले हरायो । उरुग्वेका लागि डे अरास्काटेले दुई गोल गरेका थिए । उनले खेलको २६औँ र ३२औँ मिनेटमा गरेका हुन् । तर, दुईपटकको विश्वकप विजेता उरुग्वे समग्रमा गोलअन्तरमै पछाडि रहँदा नकआउट चरणमा पुग्न सकेन ।

पोर्चुगलले सर्वाधिक ६ अंक जोड्यो । दक्षिण कोरिया र उरुग्वेले समान ४ अंक बटुले । दक्षिण कोरिया र उरुग्वेबीचको गोलअन्तर समान रह्यो । तर, विपक्षी टोलीविरुद्ध गरेको गोलकै आधारमा दक्षिण कोरियाले उरुग्वेलाई नकआउट चरणमा पुग्नबाट वञ्चित गर्‍यो ।

दक्षिण कोरियाले विपक्षीविरुद्ध चार गोल गरेको छ । उरुग्वले प्रतिद्वन्द्वीविरुद्ध दुई गोल मात्र गर्‍यो । विपक्षी टोलीविरुद्ध धेरै गोल गरेको दक्षिण कोरिया समूह ‘एच’को उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो ।

यससँगै उरुग्वेका स्टार खेलाडी लुइस सुआरेजको विश्वकप यात्रा पनि समाप्त भएको छ ।

सम्बन्धित् समाचार