गृहपृष्ठ Featured कांग्रेस प्रवक्ता महत र जनमत अध्यक्ष राउतबीच भेटवार्ता

कांग्रेस प्रवक्ता महत र जनमत अध्यक्ष राउतबीच भेटवार्ता

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत बीच भेटवार्ता भएको छ। बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका रावतलाई बधाई ज्ञापन गरी  समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

सप्तरी प्रतिनिधिसभा क्षेत्र नं २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका रावतसँग ठूला दलका शीर्ष नेताहरुले भेट्ने क्रम बाक्लिएको छ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम करिब आइसक्दा भएको सो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सम्बन्धित् समाचार