दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राख्नुभएको छ । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखा प्रदेशसभा १ मा ३५ हजार आठ सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २९ हजार चार सय ६३ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १२ हजार आठ सय ८० मत प्राप्त गरेका छन् ।
प्रदेशसभा २ मा भने एमालेका भरत केसी विजयी भएका छन् । केसीले कांग्रेसका बर्मा लामालाई पराजित गरेका हुन् ।








