गृहपृष्ठ खबर महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रका मेरुदण्ड : वडाध्यक्ष मगर

महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रका मेरुदण्ड : वडाध्यक्ष मगर

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगामा १९औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनार्ईएको छ । बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त दिवस मनाईएको हो ।

दिवसका अवसरमा बाणगंगा नगरपालिका वडा नम्बर ४ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष छविलाल रेस्मी मगरले मातृशिशु स्याहार, सामुदायिक स्वास्थ्यदेखि कोरोना माहामारीको समयमा स्वास्थ्य स्वयंसेविकाले ठूलो योगदान पु¥याएको स्मरण गरे ।

आफ्नो व्यक्तिगत स्वास्थ्यसंगै सामुदायिक स्वास्थ्यलाई उच्च कायम राख्न स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए । स्वास्थ्य क्षेत्रको मेरुदण्ड नै महिला स्वास्थ्य स्वयंसेविकाहरु भएको उनको भनाई छ ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाले रातदिन नभनि पु¥याएको अतुलनीय योगदानलाई नगरपालिकासंगै वडाले पनि मुल्यांकन गरिरहेको उनले बताए । उनले निःस्वार्थ भावले सेवा गर्ने सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकालाई दिवसको शुभकामना गर्दै आगामी दिनमा अझ उदाहरणीय काम गर्दै जान सुझाव दिए ।

“महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्दधनमा हाम्रो ऐक्यबद्धता” भन्ने मुल नारा सहित नगरपालिकाका ११ वटै वडामा दिवस मनाईएको हो । हाल बाणगंगा नगरपालिका भरी एक सय १२ जना महिला स्वास्थ्य स्वयंसेवीका रहेका छन् ।

सम्बन्धित् समाचार