रुपन्देही ।
रुपन्देहीमा भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने हाल वतन नखुलेका २९ वर्षीय कृष्ण सिजाली मगर लगायत ७ जनालाई चक्कुसहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।