गृहपृष्ठ Featured बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

प्रकाशित मिति:

काठमाडौं ।

फ्रान्सेली फुटबल स्टार करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

विश्वकपमा फ्रान्स उपाधि उचाल्न असफल भएको भोलिपल्ट सोमबार आफ्नो जन्मदिन पारेर उनले अब अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नखेल्ने घोषणा गरेका हुन ।

स्पेनिस क्लव रियाल मड्रिडका मूख्य फरवार्ड बेन्जिमा चोटका कारण विश्वकपको टिममा सामेल हुन पाएनन् ।

प्रशिक्षक डिडियर डेसच्याम्पको टिममा पर्न असफल भएपछि उनले आफू कतार फर्किने सम्भावनालाई अस्वीकार गरेका थिए ।

प्रशिक्षक डेसच्याम्पले नयाँ योजना बनाउने बताइएरहेको बेला बेन्जिमाले भने सन्यास घोषणा गरेका छन् । १५ वर्ष अघि फ्रान्सको राष्ट्रिय टिममा प्रवेश गरेका बेन्जिमाले ९७ खेलमा ३७ गोल गरेका छन् ।

सम्बन्धित् समाचार