गृहपृष्ठ Featured सत्तारुढ दलको बैठक निष्कर्षविहीन

सत्तारुढ दलको बैठक निष्कर्षविहीन

प्रकाशित मिति:

सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निष्कर्ष बिना नै सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए ।

उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने बताए । उनले प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकाङ्क्षाअनुसार अघि बढ्ने ठुलो कुरा रहेको बताए ।

सम्बन्धित् समाचार