गृहपृष्ठ खबर हातेमालो बहुउद्धेश्यीय सहकारीको अधिवेशन

हातेमालो बहुउद्धेश्यीय सहकारीको अधिवेशन

कपिलवस्तु पुस १६ गते ।
लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने भुपालले सहकारीले कृषिको क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न आग्रह गर्नु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ को हातेमालो बहुउद्धेशिय सहकारीको दशौँ साधारण सभा तथा पाँचौ अधिवेशनमा बोल्दै साना कृषक तथा उद्यमीको पेसागत विकासको लागि सहकारीले सरल रुपमा कर्जा लगानी गर्न जोड दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष तथा सहकारीका सल्लाहकार खुमानन्द न्यौपानेले सहकारीको कारण जनताले सजिलो तरिकाले लगानी गर्न पाएको बताउनु भयो ।

अझै पनि धेरै जनता सहकारीको दायरा भन्दा टाढा हुनु हुन्छ । उहाँहरुले गाउँघरमा कर्जा लिदा मासिक २ देखी ३ प्रतिशत तिर्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

सहकारीले चालु आर्थिक वर्षमा ५ करोड ३९ लाख बढी रकमको कारोवार गरेको संस्थाको अध्यक्ष लक्ष्मण प्रसाद पन्थीले बताउनु भयो ।

२०६८ सालमा १० रुपैया बचत संकलन गर्दै आएको सहकारीमा ३६३ जना शेयर सदस्य रहेका छन् । कृषकहरुलाई सिंचाई तथा यान्त्रीकीकरणमा प्रोत्साहन गर्नका लागि ८ लाख सम्म कर्जा लगानी गरेको सचिव युवराज खनालले बताउनु भयो ।

सम्बन्धित् समाचार