गृहपृष्ठ खबर बुद्धभूमि-५ का वडाध्यक्षको उदाहरणीय कार्य : सिरक बोकेर गरिब, विपन्नको घरघरमा

बुद्धभूमि-५ का वडाध्यक्षको उदाहरणीय कार्य : सिरक बोकेर गरिब, विपन्नको घरघरमा

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोम बहादुर थापा सिरक बाँड्न वडावासीको घरघर पुगेका छन् । विहिबार चिसोबाट प्रभावित गरिब, विपन्न तथा अपाङ्गहरुको घरमा वडाध्यक्ष थापा सिरक बाँड्न पुगेका हुन् । आज दरखस्वा, कोटिया, पक्रेटा, नौडि लगायतका गाउँका १० घरपरिवारलाई सिरक बाँडेको वडाध्यक्ष थापाले जानकारी दिए ।

शितलहरसंगै बढेको जाडोले विशेष गरि गरिब, विपन्न परिवारहरुलाई असर गरेकाले उनीहरुलाई केही राहत मिलोस् भन्ने उद्देश्यले सिरक वितरण गरेको उनको भनाई छ । बढ्दो जाडोले कठ्याङरिएर ज्यान जान सक्ने सम्भावनालाई समेत आफुले ध्यानमा राखेको बताउँदै उनले भने, ‘वडा नम्बर ५ भित्रका कुनै पनि व्यक्ति जाडोले कठ्याङरिएर मर्नु पर्दैन् । जो कोहीलाई समस्या पर्छ, मलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ ।’

नागरिकको बाँच्न पाउने अधिकार वडाले सुनिश्चित गर्ने उनले दाबी गरे । लगातार चिसो बढ्दै गएकाले बालबालिका, वृद्धवृद्धाको विशेष ध्यान वडाध्यक्ष थापाले वडावासीलाई आग्रह समेत गरेका छन् ।

वडाध्यक्ष थापा सिरक लिएर घरघरमा पुग्दाँ गरिब, विपन्न परिवारले खुशी व्यक्त गरेका छन् । उनीहरुले बल्ल अहिले आफुहरुले चाहे जस्तो सुखदुखमा साथ दिने वडाध्यक्ष पाएको बताए ।

यस्तै वडाध्यक्ष थापाले गरेको उदाहरणीय कार्यबाट प्रभावित भएर जमिल मुस्लमान र वडा सदस्य तिलकराम यादव र समाज सेवी जमिल मुस्लमानले शुक्रबार १० घरपरिवारलाई सिरक वितरण गर्ने भएका छन् । उनीहरुले राजपुर, पक्रेहेटी, मुकरघाट लगायतका घरपरिवारलाई सिरक बाड्ने भएका हुन् ।

उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, वडासचिव निरज थापासहित अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अहिले कपिलवस्तुमा लगातार जाडो बढ्दै गएको छ । जसले नागरिकको दैनिक जनजीवन नै कष्टकर बन्दै गएको छ ।

सम्बन्धित् समाचार