गृहपृष्ठ खबर बाणगंगा नगरपालिकाको १२औं नगरसभा पौष २९ गते

बाणगंगा नगरपालिकाको १२औं नगरसभा पौष २९ गते

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाको कार्यापालिका बैठक सम्पन्न भएको छ । शुक्रबार विभिन्न महत्वपुर्ण निर्णय गर्दै नगरपालिकाको सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकले यही पौष २९ गते १ बजे १२ औं नगरसभा नगरपालिकाको सभाहलमा गर्ने निर्णय गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

संघमा माग्ने दुई किसिमका योजनाका बारेमा समेत बैठकले निर्णय गरेको छ । प्रवक्ता पौडेलका अनुसार विशेष योजना अन्तर्गत नगरका ३ वटा विद्यालय तथा वडा नम्बर ६ को पुर्वाधार निर्माण र समपुरक योजनातर्फ घेरुवा वनगाई–मोतिपुर–कपिलधाम सडक र वैद्यौली– कोपवा–देउवापार्क सडक रहेका छन् । नगरसभामा पेस हुने रकमान्तर गर्नुपर्ने, संशोधन गर्नुपर्ने र विभिन्न विदयेकहरुको बारेमा विषयगत समितिहरुले बैठक बसेर तयारी गर्ने छन् । त्यस पश्चात २८ गते बस्ने कार्यापालिकाको बैठकमा पेस गर्ने र सोही बैठकले नगरसभामा पेस गर्ने प्रस्तावहरु परित गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

यस्तै शितलहरको व्यवस्थापन गर्न वडाध्यक्षहरुलाई आआफ्नो वडामा सामुदायिक वनहरुसंग समन्वय गर्नगरि व्यवस्थापन मिलाउन जिम्मेवारी दिएको छ ।

यसैबीच बाणगंगा नगरपालिकाको स्थानीय भू-उपयोग कार्यान्वयन समितिको बैठक बसेको छ । सो बैठकमा समितिको कार्यविधि कार्यान्वयनमा आईसकेपछि यसको अवस्थाको बारेमा समिक्षा गरिएको छ ।

समितिको काम सन्तोषजनक रुपमा काम अगाडि बढेको निष्कर्ष निकालिएको र यसमा भएका जटिलतालाई हटाउन १२ औं नगरसभामा प्रस्तावहरु पेस गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार