वैखरी अनलाईन, बाणगंगा ।
१३औं कपिलवस्तु महोत्सवको लागी स्टल बुकिङ्ग खुला गरिएको छ । शुक्रबार एक सुचना जारी गरि कपिलवस्तु उद्योग बाणिज्य संघले स्टल बुकिङ्ग खुला गरेको स्टल संयोजक मदन पौडेलले जानकारी दिए ।
औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्ग खुला गरेको स्टल संयोजक पौडेलले बताए । समयमै बुकिङ्ग गरि आफ्नो स्टल सुरक्षित गर्न आग्रह गर्दै उनले भने, ‘स्थानीय स्तरका औद्योगिक तथा व्यवसायिक उत्पादनलाई प्राथमिकता दिईने छ ।’
कृषि, लघुवित्तीय, होटल, व्यापारिक स्टल गरि महोत्सवमा जम्मा ३ सय २० स्टल रहने उनले बताए ।
महोत्सव आगामी माघ १७ गतेदेखि २९ गतेसम्म बाणगंगा ४ मा रहेको बुद्धरंंगशालामा हुदैछ । महोत्सवको तयारी समेत धमाधम भईरहेको छ ।