वैखरी अनलाईन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन पप तथा आधुनिक गायक कमल खत्रीको प्रस्तुति रहने भएको छ । विहिबार खत्रीसंगै लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर, लोक तथा दोहोरी गायिका सम्झना रणपाल लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले जानकारी दिए ।
बुधबार लोक तथा दोहोरी गायक पशुपति शर्मा र बर्षा थापाले प्रस्तुति राखेका थिए । निर्देशक रेस्मीले बुधबार ११ औं कपिलवस्तु डान्स आईडलतर्फ २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएको र आजबाट ति प्रतिस्पर्धीमध्ये क्रमश आउट हुदै जाने बताए । आजबाट गायन आईडल समेत सुरु हुने उनले जानकारी दिए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो ।
१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।








