वैखरी अनलाईन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवमा गायनतर्फको आईडल सुरु भएको छ । महोत्सव सुरु भएको चौथो दिन शुक्रबारबाट उक्त आईडल सुरु भएको हो । आज १० जना प्रतियोगिले आआफ्नो प्रस्तुति राखेका आईडल संयोजक विरेन्द्र खाँणले जानकारी दिए ।
संयोजक खाँणका उनीहरुले भोलि शनिबार आधुनिक विधाका गित गाउने छन् भने क्रमश प्रतियोगिता बाहिरिने समेत छन् ।
यस्तै ११ औं कपिलवस्तु डान्स आईडलतर्फ आज ४ जना बाहिरिएका छन् । शुक्रबारबाट भोटिङ समेत खुला गरिएको उनले जानकारी दिए ।
डान्स आईडलमा आज १४ जना प्रतिस्पर्धीले प्रस्तुति राखेका थिए । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको हो ।
१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।