गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा आज सम्झना भण्डारी र कमला घिमिरे आउँदै

कपिलवस्तु महोत्सवमा आज सम्झना भण्डारी र कमला घिमिरे आउँदै

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवको पाचौं दिन शनिबार आज चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी र बाल कलाकार कमला घिमिरे आउने भएका छन् । यस्तै आज बसन्त लम्साल, मिसन भुसालसहित स्थानीय कलाकारको प्रस्तुति रहने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले जानकारी दिए । शुक्रबार लोक तथा दोहोरी गायक प्रकाश सपुत र सपना गाहा मगरले प्रस्तुति राखेका छन् ।

शुक्रबार महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको र दर्शकको उपस्थिति क्रमश बढ्दै गएको उनले बताए । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो ।

१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

सम्बन्धित् समाचार