गृहपृष्ठ खबर बाणगंगा- १ बैरियामा १ करोडको लगानीमा लुम्बिनी यु.पि.भि.सी. आल्मुनियम तथा स्टिल उद्योग

बाणगंगा- १ बैरियामा १ करोडको लगानीमा लुम्बिनी यु.पि.भि.सी. आल्मुनियम तथा स्टिल उद्योग

वैखरी अनलाईन, बाणगंगा ।

जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा लुम्बिनी यु.पि.भि.सी. आल्मुनियम तथा स्टिल उद्योग संचालनमा आएको छ । आईतबार एक कार्यक्रमका बीच कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले उद्घाटन गरिएसंगै उक्त उद्योग संचालनमा आएको हो ।

अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत भई व्यवसायतर्फ आकर्षित भएको देख्दा आफु अत्यन्त हर्षित भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष घिमिरेले बताए । अब विदेशमा युवाहरु जानुको साटो स्वदेशमै केही गर्ने वातावरण सरकारले मिलाउन आवश्यक रहेको बताए ।

उनले स्थानीय स्तरमा संचालनमा आएका व्यापार, व्यवसायलाई प्रवर्धन गर्न आफु प्रतिवद्ध रहेको बताए । संघले व्यवसायीको पिर मर्का बुझेर समयसमयमा व्यवसायी क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै जाने अध्यक्ष घिमिरेले बताए ।

यस क्षेत्रका सेवाग्राहीको मागलाई मध्येनगर गरि व्यवसाय संचालनमा ल्याईएको प्रो. बोम बहादुर कुँवरले बताए । उनले स्वदेश तथा विदेशबाट आयत गरिएका यु.पि.भि.सी.का सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने बताए ।

यु.पि.भि.सी.का झ्याल, ढोका, पार्टेशन, टफन, ग्लासका साथै स्टिल रेलिङ्ग, आल्मुनियम सम्बन्धि सम्पुर्ण सेवा प्रदान गरिने प्रो.कुँवरले जानकारी दिए ।

बाणगंगा नगरपालिका– ७ निवासी कुँवर निरन्तर यही व्यावसायमा रमाउँने उद्देश्यका साथ अघि बढेको बताउँछन् ।

उनले यु.पि.भि.सी.का सामग्रीहरु लिन कपिलवस्तुवासी बुटवल, भैरहवा, काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्न यस व्यवसायले मद्दत गर्ने उनले विश्वास व्यक्त गरे । विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचले यस व्यवसाय संचालनमा ल्याएको उनको भनाई छ । अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत भई व्यवसायतर्फ आकर्षित हुने क्रम बढेको उनले बताए ।

उनले अब विदेशमा युवाहरु जानुको साटो स्वदेशमै केही गर्ने वातावरण सरकारले मिलाउनुपर्ने बताए । उनले स्थानीय स्तरमा संचालनमा आएका व्यापार, व्यवसायलाई प्रवद्र्घन गर्न स्थानीयदेखि केन्द्र सरकारको चासो आवश्यक रहेको बताए ।

व्यवसाय गर्दा प्राराम्भिक चरणमा घाटा भए पनि त्यसलाई निरन्तरता दिदैं जानुपर्ने उनले बताए । व्यापार, व्यवासाय धैर्यता कायम गर्न सक्नुपर्ने उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा यस क्षेत्रका व्यापारी, उद्योगीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार