दाङ ।
लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।
बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे ।
योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् ।








