गृहपृष्ठ खबर ग्राहकको पहिलो रोजाई बन्दै ‘बाणगंंगा नेट कम्पनी’

ग्राहकको पहिलो रोजाई बन्दै ‘बाणगंंगा नेट कम्पनी’

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंंगा नेट कम्पनी ग्राहकको पहिलो रोजाई बन्दै गएको छ । बजारमा रहेका अन्य नेट कम्पनी भन्दा बाणगंंगा नेट कम्पनी सस्तो मुल्यमा जडानसंगै विश्वसनीय नेटका रुपमा स्थापित भएपछि ग्राहकको पहिलो रोजाईको केन्द्र बन्दै गएको हो ।

बाणगंगा नगरपालिका १ जीतपुर चारनम्बरमा रहेको उक्त नेट कम्पनी छोटो समयमै ग्राहकको पहिलो रोजाईको केन्द्र बन्दै गएको प्रबन्ध निर्देशक पदम प्रताप सेनले बताए । उनका अनुसार ५० लाखको लगानीमा सुरु गरेको उक्त नेट कम्पनीको हाल लागत १ करोड रहेको छ ।

विगत २ बर्षदेखि बाणगंगा नगरपालिका क्षेत्र (पिपरा, बैरिया, चारनम्बर, जीतपुर, सिद्धिपुर, बुङ्ची, उप्टहवा, ताप्के, नन्दनगर, राजपुर, बठनपुरा, निबुवा, बैजलपुर, विसनपुरा, तिनैया, कलोनी, हरिहरपुर, गोबडीहवा, कप्टैया, दरखास्त) मा सेवा दिदैं आईरहेको प्रबन्ध निर्देशक सेनले जानकारी दिए । आफुहरुको सेवाबाट ग्राहक पुर्णरुपमा सन्तुष्ट रहेको दाबी गर्दै उनले भने, ‘अहिले बाणगंगा नगरपालिका क्षेत्रमा सेवा दिईरहेका छौं । अबको २ बर्षपछि जिल्लाका अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने योजना छ ।’

बाणगंगा ४ सिद्धिपुर निवासी उनी युवा व्यवसायीका रुपमा परिचित छन् । २०५२ सालमा सामाजिक जागरण तथा विकास संस्था (एसएडिओ) को अध्यक्ष भएर उनले कुशलता पुर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उक्त संस्थामा आबद्ध हुदै नेतृत्वमा पुगेर सामाजिक सेवा गरेको स्मरण गर्दै उनले भने, ‘विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचले यस व्यवसायमा लागेको हुँ ।’

अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत भई व्यवसायतर्फ आकर्षित हुने क्रम बढेको उनले बताए । उनले अब विदेशमा युवाहरु जानुको साटो स्वदेशमै केही गर्ने वातावरण सरकारले मिलाउनुपर्ने बताए । उनले स्थानीय स्तरमा संचालनमा आएका व्यापार, व्यवसायलाई प्रवद्र्घन गर्न स्थानीयदेखि केन्द्र सरकारको चासो आवश्यक रहेको बताए ।

व्यवसाय गर्दा प्राराम्भिक चरणमा घाटा भए पनि त्यसलाई निरन्तरता दिदैं जानुपर्ने उनले बताए । व्यापार, व्यवासाय धैर्यता कायम गर्न सक्नुपर्ने उनको भनाई छ ।

एनएमबी बैंकको चारनम्बर शाखादेखि एक सय मिटर पुर्वमा बाणगंंगा नेट कम्पनीको सम्पर्क कार्यालय रहेको छ । हाल उक्त नेट कम्पनीमा ५ जनाले रोजगारी पाएका छन् ।

प्रबन्ध निर्देशक सेन कपिलवस्तु सामुदायिक अस्पतालको सचिव समेत हुन् ।

सम्बन्धित् समाचार