वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा अवस्थित हर्टविट एफ.एम.९१.३ को स्टेशन म्यानेजरमा अशोक पौडेल नियुक्त भएका छन् । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि.द्वारा सञ्चालित उक्त एफ.एम.को स्टेशन म्यानेजरमा पौडेल बुधबार नियुक्त भएका हुन् ।
पौडेल एक दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । रेडियोकर्मीकै रुपमा पत्रकारिता क्षेत्रमा उदाएका उनी पछिल्लो समय राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजनमा कपिलवस्तु जिल्लाबाट रिपोटिङ्ग गर्दै आएका थिए ।
पौडेलले आफुलाई विश्वास गरि स्टेशन म्यानेजरका रुपमा नियुक्त गरेकोमा रेडियो संचालक समितिका अध्यक्ष धातानन्द भुसाल, निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भट्टराई, तुल्सीप्रसाद अर्याल, केशव सापकोटा, सुष्मा खाँण लगायतको सिंगो टिमप्रति आभार व्यक्त गरेका छन् ।
अध्यक्ष भुसालले राज्यको चौथो अंग संचारगृहमा जिम्मेवारी सम्पादन गर्दा कुनै पनि राजनितिक दलप्रति आग्रह वा पुर्वाग्रह नराखि स्वच्छ र निष्पक्ष ढंगले कार्यसम्पदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।
पौडेलले रेडियोको आर्थिक उन्नति र प्रगतीको लागी आफु प्रतिवद्ध भएर लाग्ने बताएका छन् । रेडियो संचालनको मुख्य जिम्मेवारी बहनकर्ताको रुपमा आफुले काम गर्ने उनको भनाई छ ।








