गृहपृष्ठ खबर कपिलवस्तुको जनसङ्ख्या बढेर ६ लाख ८२ हजार ९६१ पुग्यो

कपिलवस्तुको जनसङ्ख्या बढेर ६ लाख ८२ हजार ९६१ पुग्यो

 कपिलवस्तु

कपिलबस्तुमा जनसंख्या बृद्धिदर मुलुककै टपटेनको सूचिमा रहँदै धनात्मक देखिएको छ ।

धनात्मक हुने प्रमुख १० जिल्लाहरुमा कपिलबस्तु दशौं स्थानमा रहदै टपटेनको सूचिमा परेको हो । मूलुकका ७७ जिल्लाहरु मध्ये ४३ जिल्ला धनात्मक जनसंख्या बृद्धिदर हुने जिल्लाहरु अन्र्तगत छन् ।

काठमाडौंमा आयोजित ’राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम’मा प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजामा कपिलबस्तुको बार्षिक जनसंख्या बृद्धिदर १ दशमलव ७ प्रतिशत रहेको छ ।

२०७८ को जनगणनाअनुसार कपिलबस्तुको कुल जनसंख्या ६ लाख ८२ हजार ९६१ रहेको छ । जस्मा महिला ३ लाख ४८ हजार २७४ र पुरुष ३ लाख ३४ हजार ६८७ जना रहेका छन् । कपिलबस्तुमा पुरुषको तुलनामा महिलाको संख्या बढि छ ।

पुरुष भन्दा महिला १३ हजार ५८७ बढि रहेको तथ्यांकमा उल्लेख छ ।

बिगतको जनसंख्या भन्दा जिल्लाको अहिलेको जनसंख्या १ लाख ११ हजार २५ ले बढेको छ । २०६८ मा कपिलबस्तुको जनसंख्या ५ लाख ७१ हजार ९३६ रहेको थियो । धनात्मक जनसंख्या बृद्धिदर हुनेमा कपिलबस्तु सहित भक्तपुर, रुपन्देही, चितवन, बाँके, झापा, दाङ, कास्की, सुनसरी, नवलपरासी पूर्व जिल्लाहरु रहेका केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

यसैगरि कपिलबस्तुको जनघनत्व ३९३ छ । जिल्लामा परिवार संख्या एकलाख २१ हजार ९४६ छ । औषत परिवारको आकार ५ दशमलव ६ रहेको छ । लैंगिक अनुपात जिल्लाको ९६ दशमलव १० छ । यस्तै उ

मेरका आधारमा समेत जिल्लाको जनसंख्या निर्धारित गरिएको छ ।
त्यस्तै कपिलबस्तुमा महिलाको नाममा स्वामित्व बढेको छ ।

महिलाको स्वामित्वमा रहेका घरमात्र भएका ४ हजार १३ जना, जग्गा मात्र भएका १२ हजार ९६१ जना, घरजग्गा दुबै भएका १३ हजार १७४ जना रहेका छन् ।

यस्तै घरजग्गा दुबै नभएका ८९ हजार ३१९ जना र उल्लेख नभएका २ हजार ३९४ जना रहेका छन् । घरको स्वामित्व भएका अन्र्तगत आफ्नै १ लाख १६ हजार २८ जना, भाडामा ४ हजार ९०५ जना, संस्थागत ३६४ जना, अन्य ५६४ जना रहेका छन् ।

अक्सर (मुख्य रुपमा) खाना पकाउन प्रयोग गरिने इन्धनको रुपमा कपिलबस्तुमा काठ÷दाउराको प्रयोगको दर धेरै छ ।

 

यहाँ दाउरालाई इन्धनको रुपमा प्रयोग गर्ने जनसंख्या ६२ हजार ५५६ जना छन् । एल.पी.ग्याँसको प्रयोग गर्ने संख्या ४६ हजार १२२ जना छन् ।

बिजुली ८६५ जना, गुइठा÷गोरहा १० हजार ६२ जना, बायोग्याँस २ हजार ३४ जना, मट्टितेल ३० जना र अन्य १९२ जनाले खाना पकाउन इन्धनको रुपमा प्रयोग गर्ने गरेका छन् । जिल्लामा अक्सर बिजुलीको प्रयोग गर्ने जनसंख्या १ लाख १५ हजार ७४३ रहेका छन् ।

कपिलबस्तुको साक्षरता दर करिब ७२ प्रतिशत रहेको छ । जनगणना २०७८ अनुसार ७१ दशमलव ८२ प्रतिशत रहेको छ । जस्मा पुरुष साक्षरता दर ७९ दशमलव ६३ प्रतिशत र महिलाको साक्षरता दर ६४ दशमलव ३७ प्रतिशत रहेको छ ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये बाणगंगा नगरपालिकाको साक्षरता दर धेरै छ । जहाँ ८१ दशमलव ४४ प्रतिशत साक्षरतादर रहँदा सबैभन्दा कम बिजयनगर गाँउपालिकाको ६४ दशमलव २५ प्रतिशत छ । बुद्धभूमि नगरपालिकाको ७१.४८ प्रतिशत, कपिलबस्तु नगरपालिकाको ७३.०७ प्रतिशत, कृष्णनगर नगरपालिकाको ६७.०१ प्रतिशत, महाराजगञ्ज नगरपालिकाको ६७.६६ प्रतिशत साक्षरता दर रहेको छ ।

यसैगरि, मायादेवी गाउँपालिकाको ७२.५५ प्रतिशत, शिवराज नगरपालिकाको ७२.६६ प्रतिशत, शुद्धोधन गाउँपालिकाको ६७.२६ प्रतिशत र यसोधरा गाउँपालिकाको ६९.३६ प्रतिशत साक्षरतादर रहेको छ ।

जिल्लाको समग्र जनघनत्व ३९३ रहेको छ । १० पालिका मध्ये कृष्णनगरमा जनघनत्व सबैभन्दा बढि रहेको छ । कृष्णनगरको जनघनत्व ७२५ जना रहेको छ । यस्तै बाणगंगाको ४१४, बिजयनगरको २५०, बुद्धभूमिको २०९, कपिलबस्तुको ६४९, महाराजगञ्जको ५७६ जना जनघनत्व रहेको छ ।

यस्तै, मायादेवी गाउँपालिकाको ६३२, शिवराज नगरपालिकाको २९९, शुद्धोधन गाउँपालिकाको ५७७ र यसोधरा गाउँपालिकाको ६६५ जनघनत्व रहेको छ ।
जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर १.७० प्रतिशत रहेको छ । स्थानीय तहको बार्षिक जनसंख्या बृद्धिदर अन्र्तगत बाणगंगाकै उच्च रहेको छ । बाणगंगाको २.४१ प्रतिशत जनसंख्या बृद्धिदर रहेको छ ।

 

यस्तै शिवराज नगरपालिकाको पनि उच्च देखिन्छ, शिवराजको जनसंख्या बृद्धिदर २.२९ प्रतिशत रहेको छ । विजयनगरको १.५२ प्रतिशत, बुद्धभूमिको १.५७ प्रतिशत, कपिलबस्तु नगरपालिकाको १.४५ प्रतिशत, कृष्णनगरको १.१२ प्रतिशत, महाराजगञ्जको १.५९ प्रतिशत, मायादेवीको १.४३ प्रतिशत, शुद्धोधनको १.५० प्रतिशत र यसोधराको १.३६ प्रतिशत जनसंख्या बृद्धिदर रहेको छ ।

जिल्लाको सवैभन्दा बढि जनसंख्या रहेको बाणगंगा नगरपालिकाको जनगणना २०७८ को अन्तिम नतिजानुसार ९६ हजार ७१४ जना छ । जस्मा पुरुष ४५ हजार ४०७ जना र महिला ५१ हजार ३०७ जना रहेको छ । यसैबीच, बाणगंगा नगरपालिकाको घरधुरी सर्वेक्षण २०७७ अनुसार नगरको कुल जनसंख्या एकलाख ९२५ जना रहेको देखाइएको छ ।

तर जनगणनामा ४ हजार २११ जना घटेर आएको देखिन्छ । जिल्लाका बाणगंगा लगायतका सबै पालिकामा घरधुरी सर्वेक्षण र जनगणना तथ्यांकबीच बेमेल देखिएको छ ।

सम्बन्धित् समाचार