गृहपृष्ठ Featured फ्रान्स १–० ले विजयी

फ्रान्स १–० ले विजयी

प्रकाशित मिति:

काठमाडौं ।

रक्षक बेन्जामिन पाभार्डले टोलीमा सानदार पुनरागमन गरेर उत्कृष्ट गोल गरेको खेलमा फ्रान्सले सोमबार राति युरो २०२४ को छनोट प्रतियोगितामा आयरल्यान्डलाई १–० ले हराएको छ ।

गत वर्ष सम्पन्न विश्वकपमा उनले निराशाजनक प्रदर्शन गरेका थिए । त्यसपछि टिमबाट बाहिर रहे । त्यसयता पाभार्डले गए राति पहिलोपटक टिममा स्थान बनाएका हुन् । उनै पाभार्डले ५०औँ मिनेटमा गरेको गोल पाहुना टोली फ्रान्सको जितमा निर्णायक बन्यो ।

घरेलु टोली आयरल्यान्डले पनि गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो । तर, फ्रान्सका गोलकिपर माइक मैगनानले आयरल्यान्डको आक्रमण सफल हुन दिएनन् । ह्युगो लोरिसको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि मैगनानले नम्बर एकको जिम्मेवारी पाएका हुन् ।

जितसँगै छनोट प्रतियोगिताको समूह ‘बी’मा फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा छ । फ्रान्सले गएको शुक्रबार राति नेदरल्यान्ड्सलाई ४–० ले हराएको थियो । नेदरल्यान्ड्स तीन अंकका साथ तेस्रो स्थानमा छ । समान तीन अंक जोडेको ग्रीस दोस्रो स्थानमा छ । अंकविहीन आइरल्यान्ड चौथो र गिब्राल्टर पाँचौँ स्थानमा छ ।

नेदरल्यान्ड्सले गए राति गिब्राल्टरलाई ३–० ले हराएको थियो ।

सम्बन्धित् समाचार