वैखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा स्कुटरले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ । ठक्करबाट ५४ बर्षीया लक्ष्मी न्यौपानेको उपचारको क्रममा बुटबलमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार आईतबार पौने १० बजे चारनम्बर तौलिहवा सडकखण्डमा लु ७९ प ३६६० नम्बरको स्कुटरले ठक्कर दिदाँ न्यौपाने गम्भिर घाइते भएकी थिईन् ।
ठक्कर दिने स्कुटर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।








