काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
सोमबार निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागु हुनेछ ।








