गृहपृष्ठ Featured गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व सरकारले लियो

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व सरकारले लियो

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण कार्यअघि बढाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिँदै निर्माण कार्यअघि बढाउने निर्णय गरेको हो ।

रंगशाला निर्माणको काम युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने निर्णय भएको छ । निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण गरिने भएको छ ।

सरकारले भरतपुर महानगरपालिकालाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सामग्रीलगायतको १७ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल रहँदै आएको थियो ।

सम्बन्धित् समाचार