गृहपृष्ठ Featured गुल्मीको रेसुंगा जंगलमा आगलागी : निभाउने प्रयास जारी

गुल्मीको रेसुंगा जंगलमा आगलागी : निभाउने प्रयास जारी

गुल्मी ।

गुल्मीको रेसुंगा जंगलमा आगलागी भएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नं १३ भंगेरी क्षेत्र र गौशालामा डढेलो लागेको हो ।

बुधबार दिउँसो लागेको डढेलो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त पहलमा निभाइए पनि साँझपख पुनः सल्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रेसुंगा क्षेत्रमा विगतका वर्षहरुमा पनि आगलागी हुने गर्छ ।

सम्बन्धित् समाचार