गृहपृष्ठ खबर बाल मा.वि. बैरियामा नतिजा प्रकाशन, बिदाई तथा अभिभावक भेला सम्पन्न

बाल मा.वि. बैरियामा नतिजा प्रकाशन, बिदाई तथा अभिभावक भेला सम्पन्न

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा रहेको बाल माध्यमिक विद्यालय बैरियामा नतिजा प्रकाशन, विदाई तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता, नगर शिक्ष युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसि, पुर्व प्रधानाध्यापक अर्जुन साहिको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका पुर्व प्रधानध्यापक अर्जुन साहि, शिक्षिकाहरु साधना ज्ञवाली, सावित्रि गिरी र उषा भण्डारीलाई विदाई तथा सम्मान गरिएको थियो

कार्यक्रममा यस वर्षको नतिजा प्रकाशन गर्नुका साथै खेलकुद सप्ताहमा विभिन्न स्थान प्राप्त गर्न सफल भएका विद्यार्थी खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

शिक्षक, विद्यार्थि, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायत विभिन्न व्याक्तिहरुको उपस्थित रहेको कार्यक्रमको सञ्चालन भने शिक्षकहरु सुर्य चुदाली र मोहन घिमिरेले गर्नुभएको थियो ।

यसैबिच २०७१ सालमा स्थापना गरिएको अक्षयकोषको ब्याज बाट विद्यालयका विभिन्न १२ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । रेडियो हर्ट विट का सञ्चालक समिति अध्यक्ष समेत रहनुभएका धातानन्द भुसालले आफ्ना बुबा शिवलाल भुसाल र आमा तुलसादेवी भुसालको सम्झनामा २०७१ सालमा उक्त अक्षयकोषको स्थापना गर्नुभएको थियो ।

प्रावि, निमावि र माविमा उत्कृष्ट नम्बर ल्याउने छात्र र छात्र ६ जना र अन्य विधाका ६ जना गरि जम्मा १२ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।

अक्षयकोष बाट प्राप्त ब्याजलाई सदुपयोग गरेर पुरस्कार वितरण गर्दै भुसालले विद्यार्थीहरुको शैक्षिक उन्नती र प्रगतिको कामना गर्नुभएको थियो । पहिलाको तुलनामा अहिले विद्यालयले निक्कै गुणस्तरीय शिक्ष प्रदान गरेको भन्दै अबका दिनमा त्यसलाई बढाएर अझ धेरै सफलता प्राप्त गर्नुपर्ने बताउनु भएको थियो ।

जन्मस्थान अर्घाखाँची र कर्मस्थान रुपन्देहिका विद्यालयमा पनि बाबा आमाको स्मृतिमा अक्षयकोष प्रदान गर्नुभएको छ ।

सम्बन्धित् समाचार