गृहपृष्ठ Featured हथौसा लिटल स्टार बोर्डिङ स्कुलको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

हथौसा लिटल स्टार बोर्डिङ स्कुलको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बाणगंगा ।

हथौसा लिटल स्टार बोर्डिङ स्कुलको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सोमवार एक सभ्य समारोहकाबीच सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले निजि विद्यालयहरुको गुणस्तर अब्बल बन्दै गएको बताए । लिटल स्टारले शिक्षाको गुणस्तरमा फड्को मारेको कार्यक्रमनले बताए । उनले निजी विद्यालयहरुले शैक्षिक गुणस्तरसंगै व्यवहारिक र नैतिक शिक्षालाई पनि जोड दिए ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले विद्यालयको शैक्षिक प्रगतिप्रति खुशी व्यक्त गरे । निजि विद्यालयहरुमा शिक्षाको गुणस्तर उत्कृष्ट रहेको भन्दै वालवालिकाको सिकाई अझै प्रभावकारी बनाउन उनले आग्रह गरे । प्याब्सनका केन्द्रीय सदस्य शिव गैरेले निजी विद्यालयको गुणस्तर अत्यन्तै राम्रो भएको दाबी गर्दै सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार गर्न छाडन्पर्ने बताए ।

विद्यालयका प्राचार्य सुन्दर पाण्डेले विद्यालयले विज्ञान , प्रविधिमैत्री, शिक्षण पद्धति अबलम्बन गर्ने बताए । विद्यालयले वालवालिकालाई विश्वव्यापी प्रतिष्प्रर्धी बनाउन आइएसए रएसक्युटिसी जस्ता कार्यक्रमलाई निरन्तरता दिदै वर्तमान समय सान्दर्भिक कार्यक्रमहरु गर्ने प्राचार्य पाण्डेको भनाई छ ।

कार्यक्रममा विद्यार्थीलाई मेडल सहित पुरस्कृत गरिएको थियो ।

सम्बन्धित् समाचार