गृहपृष्ठ Featured कपिलवस्तुमा शिक्षकलाई संगीतमय पिटि प्रार्थना

कपिलवस्तुमा शिक्षकलाई संगीतमय पिटि प्रार्थना

कपिलवस्तु ।

गुणस्तीय शिक्षाका लागि कपिलवस्तु नगरपालिकामा रहेका ५२ बिद्यालयमा संगीतमय पिटि प्रार्थना कार्यक्रम संचालन गरिएको छ । गुणस्तरीय शिक्षा अनुशासन र बिद्यार्थीको नियमिताका लागि नगरका सबै बिद्यालयहरुमा सो कार्यक्रम संचालन गरिएको हो । सोही कार्यक्रम संचालनका लागि ५२ वटै बिद्यालयका शिक्षकलाई तौलिहवा स्थित बुद्धपदम उमाबिमा ३ दिने सामुदायिक बिद्यालयहरुका लागि संगीतमय पिटि प्रार्थना प्रशिक्षक प्रशिक्षण तालिम संपन्न गरिएको छ ।

नगरपालिका शिक्षा शाखाका उप सचिव हरि प्रसाद ज्ञवालीले सामुदायिक बिद्यालय प्रति आकर्षित गराई बिद्यालयमा गुणस्तरीय शिक्षाकालागि शैक्षिक सत्र २०८० को सूरुवात देखि नै यो कार्यक्रम संचालन गरिने बताए । देशका बुटवल काठमाण्डौ लगायतका केही बिद्यालयहरुमा संगीतमय पिटि प्रार्थना कार्यक्रम संचालन हुदै आएको छ । बिद्यार्थीहरु बिद्यालयका आए पछि कक्षा कोठामा छिर्न अघि १५ मिनेटको समयमा प्रार्थना सहीत पिटि खेलाईनेछ । संगीत प्रार्थना सहीत पिटि खेलाईनेछ ।

त्यससंगै राष्ट्रिय गान समेत गाईनेछ । संगीतमय प्रार्थना सकेर बिद्यामर्थीहरु आ आफनो कक्षा कोठामा जानेछन । बुटवल स्थित कालिका मानवान बिद्यालयका शिक्षक तथा कार्यक्रमका प्रशिक्षक हरिश बलीले यो कार्यक्रम संचालन गरिए पछि बिद्यार्थी र शिक्षकहरुमा पढाई प्रति रुची जाग्ने बताउछन । उनले कपिलवस्तु नगरपालिकाले संचालन गरको यो कार्यक्रम प्रभावकारी हुने बताए । यो कार्यक्रम संचालन गर्नकालागि ५२ वटै बिदालयलाई एक एक वटा ड्रम सेट, ५ वटा सिटि, राष्ट्रिय झन्डा एक एक वटा उपलब्ध गराइएको प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले बताए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले आफुहरुले कार्यपालिका बैठकमा गहन छलफल गरी यो कार्यक्रम संचालन गरेको बताए । उनले सरकारी बिद्यालयलाई मजुबत बनाउन यो कार्यक्रम प्रभावकारी हुने बताए । उनले यसकालागि शिक्षकहरु आफै चनाखो हुनु पर्ने बताए ।

उप-मेयर सुनिता गुप्ताले प्रशिक्षणमा सहभागी भएकाहरुलाई प्रमाण पत्र बितरण गर्दै यो कार्यक्रमले नगरका बिद्यालयहरुमा परिवर्तन ल्याउने बताईन । उनले यो कार्यक्रम सफल बनाउन सबै शिक्षकहरुले मिहिनेतकासाथ काममा डटन आग्रह गरिन । समापन समारोह उप मेयर गुप्ताको अध्यक्षता र शाखा अधिकृत युवराज भुसालको संचालनमा भएको थियो । बुद्धपद उमाबिका प्रअ बावुराम भन्डारीले यसले आफनो बिदालयमा केही दिन मै राम्रो वातावरण सूजना गरेको बताए । उनले यो कार्यक्रमले नगरको शिक्षा विकासमा एक वटा ईटा थप्ने काम गर्ने बताए ।

सम्बन्धित् समाचार