वैखरी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले चेम्बर अफ कमर्स वाणगंगाका उद्योगी,व्यवसायिहरुका छाता संगठनहरुले एकद्धार प्रणालिबाट आवाज उठाउनु पर्ने बताएका छन् । उनले चेम्बर अफ कमर्स वाणगंगाले २५६७ औ बुद्धजयन्तीको अवसरमा आयोजना गरेको रक्तदान, शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रमलाई संम्बोधन गर्दै यस्तो बताएका हुन् । सांसद पन्थीले उद्योगी, व्यवसायिहरुको समस्या सम्बोधन गर्दै छरिएर रहेका व्यवसायिहरुलाई एकिकृत गरेर उनिहरुको संरक्षण गर्न तर्फ लाग्नु आजको आवश्यकता रहेको बताएका छन् । यस बाणगंगा क्षेत्रमा भएका तिन वटा व्यावसायीका छाता संगठनहरुले एकद्धार प्रणालिबाट आवाज उठाउनु अहिलेको व्यवसायिक आवश्यकता रहेको उनले बताए । कार्यक्रममा सांसद पन्थीले भगवान गौतम बुद्धको मुर्तिमा माल्यापर्ण समेत गरेका थिए ।
फरक प्रसगँमा उहाँले अहिले पनि केहि मानिसहरुमा रक्तदान सम्बन्धी गलत धारण रहेको भन्दै त्यसलाई हटाउन जरुरी रहेको बताउनु भएको छ ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले चेम्बर अफ कमर्स वाणगंगा स्थापनाको छोटो समयमै सामाजिक उत्तर दाईत्वका कार्यहरु अगाडि बढाउन सफल भएको बताईन । उनले यस्ता सामाजिक उत्तर दाईत्वका कम हरु निरन्तर अगाडि बढाउन र कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोख्रेल, नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद बञ्जाडे, नेपाल औषधी ब्यवसायी संघका निवर्तमान अध्यक्ष डा. धर्म राज भट्टराई, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
चेम्बर अफ कमर्स वाणगंगा कपिलवस्तुको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ४९ पोईन्ट रगत संकलन भएको छ । विशेष गरि रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा अतिथिहरु विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, शुभेच्छुक, पत्रकार, संस्थाका पदाधिकारी लगाएतले रत्तदान गरेका हुन । चेम्बर अफ कमर्स बाणगंगाको आयोजना, नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा, लगायत विभिन्न संघ संस्थाको सहआयोजना, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको जनाईएको छ ।







