गृहपृष्ठ खबर सुशासन मेरो महत्वपुर्ण एजेण्डा बन्छ : प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली

सुशासन मेरो महत्वपुर्ण एजेण्डा बन्छ : प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली

सागर वि.क.,  लुम्बिनी ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीले सुशासन आफ्नो महत्वपुर्ण एजेण्डा बन्ने बताएका छन् । वैखरीसंगको कुराकानीमा उनले आफु गृहप्रशासनबाट आएकाले सुशासन आफ्नो सदैव महत्वपुर्ण एजेण्डा बन्ने उद्घोष गरेका हुन् । ‘खास गरि म गृह प्रशासनबाट आएकाले सुशासन जहिले पनि निकै महत्वपुर्ण एजेण्डा बन्छ । सुशासन, कानुनको सर्वोच्चता भन्दा तलमाथि भएर काम गर्ने, भष्टाचारजन्य गतिविधिमा सरिक हुने विषयमा शुन्य सहनशीलताको निति छ ।’ उनले भने ।

गुणस्तरिय विकास प्राप्ति जनताको अधिकार भएको बताउँदै उनले योजनाका विभिन्न काम कम गुणस्तरका भएको पाईए आफु त्यसमा नचुक्ने दाबी गरे । विकास कसैको दया, माया र कृपाबाट सिर्जना नहुने उनको भनाई छ । उनले विकासका बिषयमा सबै जनप्रतिनिधिको एकमत हुनुपर्ने बताए । विकासको सवालमा जनप्रतिनिधि विभाजन हुदाँ जनताले सोचे अनुरुपको परिणाम दिन नसकिने उनको भनाई छ । लुम्बिनी साँस्कृतिक नगरपालिका विकासको अथाह सम्भावना बोकेको नगरपालिका भएको बताउँदै उनले जनप्रतिनिधिहरुमा सचेतना आवश्यक रहेको बताए । जनप्रतिनिधि विकासप्रति प्रतिबद्ध हुनुपर्ने उनको भनाई छ ।

उनले विकास बिषयमा सबै जनप्रतिनिधिको एकमत हुनुपर्ने बताए । हरेक दिन मेयर, उपमेयरसंग छलफल गरेर मात्र आफु कार्यकक्षमा प्रवेश गर्ने गरेको उनले सुनाए । उनले आफ्नै प्रशासनिक भवन नभएकाले साँधुरा कोठाहरुमा शाखाहरु संचालन गर्नूपर्ने बाध्यता रहेको बताए । लुम्बिनी आफैमा अन्तर्राष्ट्रिय क्षेत्र भएकाले फोहोरमैलाको व्यवस्थापनदेखि यस क्षेत्रको सौन्दर्यीकरणले महत्व पाउनुपर्ने उनको भनाई छ । उनले फोहोरमैलाको व्यवस्थापनलाई आफुले उच्च प्राथमिकतामा राखेको बताए । नगरलाई सुन्दर, हरियाली र सफा राख्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले भने, ‘प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागी म आए पनि सम्झौता भएको छ । काम तत्कालै सुरु हुदैं ।’

फोहोरमैला व्यवस्थापनको लागी युएनडिपीसंग सहकार्य गरेर अघि बढ्ने बताउँदै उनले डम्पिङ्ग साईड निर्माणको काम सुरु गर्ने तयारी भईरहेको बताए । शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका ज्ञवालीले लामो समय गृहमन्त्रलायमा रहेर काम गरे । हाल उनी निजामति सेवामा प्रवेश गरेको ११ बर्ष पुग्यो । यस क्रममा उनसंग स्थानीय तह, प्रदेश र केन्द्रमा काम गरेको राम्रो अनुभव छ । उनले आफ्नो अनुभव लुम्बिनी साँस्कृतिक नगरपालिकाको विकास र समृद्धिमा खर्चिने बताए । यस नगरपालिकामा आउँदा वित्तिकै नगरपालिकाको भवनको लागी जग्गा पहिचान गरि प्राप्ति गर्ने, बाटोको प्रबन्ध मिलाउने लगानीको सुनिश्चिता गर्ने र डिपिआरको प्रक्रिया अघि बढाउने काम गरेको उनले बताए ।

भवन निर्माणमा ईच्छा देखाएको एशियाली डेभलभमेन्ट बैंकसंग आफुले पटकपटक छलफल गरेको उनले बताए । विकास र सेवा प्रवाहका दृष्टिले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउँदै उनले भने, ‘जनप्रतिनधि भनेको निर्णयकर्ताहरु हो । निति, कानुन निर्माणको तहमा हुनुहुन्छ । उहाँले बोकेको मार्गचित्रलाई पछ्याउँदै कर्मचारी सफल बनाउन लाग्नुपर्छ ।’

युवा जोस र जाँगरका प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली भष्टाचारका सवालमा कठोर प्रशासकमा रुपमा परिचित छन् ।

सम्बन्धित् समाचार