गृहपृष्ठ खबर ‘व्यवसायीमैत्री वातावरण बनाउन आवश्यक’

‘व्यवसायीमैत्री वातावरण बनाउन आवश्यक’

सागर वि.क., वैखरी अनलाईन ।

बैंक तथा वित्तीय संस्थाको आतङ्कले व्यवसायीहरु मानसिक रुपमा विक्षिप्त भएको बताएका छन् । शुक्रबार कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको वर्तमान अवस्थामा व्यवसायी तथा वित्तिय संस्थाको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले बैंक तथा वित्तिय संस्थाले व्यवसायी मैत्री वातावरण सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । अन्तरक्रियामा बोल्ने व्यवसायीहरुले कर्जा लिने समयमा कम व्याजदरमा दिएको र पछि अस्वभाविक तरिकाले बढाएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।

उनीहरुले अहिले करिब ८० प्रतिशत उद्योग व्यवसायीहरु ऋण तथा व्याज तिर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले व्यवसायीलाई किस्ता तथा व्याजकै लागी तथा यातना दिएको उनीहरुले आरोप लगाएका छन् । जसले व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको उनीहरुको आरोप छ । बैंक तथा वित्तिय संस्थाकै आतङ्कले कुनै एक व्यवसायीले पनि ज्यान गुमाउनु परे सम्बन्धित संस्थामाथि मुद्धा दायर गरेर चर्को आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिए ।

बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाहमा नितिगत सुधार गर्न आवश्यक रहेको बताएका छन् । देश नै आर्थिक मन्दीबाट गुज्रिरहेकाले तत्काल व्यवसायीहरुलाई राहत दिनुपर्ने उनको भनाई छ । उनले बैंक तथा वित्तिय संस्थाले कर्जा असुली गर्ने परम्परागत प्रवृति समयानुसार परिवर्तन गर्नुपर्ने बताए । उनले बाणगंगा नगरपालिका उद्योगी व्यवसायीको पक्षमा सदैव रहेको बताउँदै आफुहरुले खेल्नुपर्ने भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले बैंक तथा वित्तिय संस्थामा एकरुपता कायम नहुँदा थुप्रै व्यवसायीहरु धरापमा परेको बताईन् । उनले आर्थिक संकटका समयमा व्यवसायीहरुलाई विशेष छुट दिनुपर्ने बताईन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायी, बैंक तथा वित्तिय संस्था, स्थानीय तह तथा सबै सरोकारवाला एकजुट हुनुको विकल्प नभएको बताए । मुलुकमा आर्थिक संकट छाएको बताउँदै उनले यसको समाधानका लागी व्यवसायीको पक्षमा उभिन सबैलाई अपिल गरे । उनले बाणगंगा नगरपालिकालाई अभिभावकत्व ग्रहण गर्न समेत गरे ।

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष उमानाथ पौडेलसहित पुर्व अध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, वर्तमान पदाधिकारी, बैंकर्स तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कपिलवस्तु उद्योग बाणिज्य संघले विज्ञप्ति समेत जारी रहेको छ ।

यस्तो छ विज्ञप्ति :

सम्बन्धित् समाचार