सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ ले आयोजना गरेको खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबलतर्फको उपाधि लाफा समूह बुटवलले हात पारेको छ । बिवेक न्यौपाने र मनोज फौदारको उक्त समूहले रुपन्देहीको कंचन गाउँपालिकाका डेबिड थापा मगर र विवेक चौधरीको समूहलाई हराउँदै उपाधि हात पारेको हो ।
उपाधि जितेसंगै उनीहरुले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै द्धितीय हुने मगर र चौधरीको समूहले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
मेन्स डबलतर्फ तृतीय स्थान हासिल गरेको बुटवल ब्याडमिन्टन क्ल्वका गणेश रायमाझि र विश्वास नेपालको समूह र चितवनका विधान गुरुङ र अक्षय क्षेत्रीको समूहले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यता भेट्रान्स (४० बर्ष भन्दा माथि) डबल्सतर्फको उपाधि बुटवलका महेश्वर नेपाल र अशोक क्षेत्रीको समूहले हात पारेको छ भने बुटवलकै कमल राना र दिलिप गौचनको समूहले द्धितीय स्थान हासिल गरेको छ ।
तृतीय स्थान हासिल भने तौलिहवाका रितेश थापा र कृष्ण रानाको समूह र बुटवलका धर्म थापा र विरेन्द्र सिंह विष्टको समूहले हासिल गरेको छ । भेट्रान्स डबल्सतर्फको उपाधि विजेता टोलीले २० हजार, द्धितीयले १० हजार र तृतीयले ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता बुद्धरंगशाला चार नम्बर जीतपुरमा भएको हो ।