काठमाडौं ।
भदौ २९ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक फिल्मको पोष्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तुति रहेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म र साम्राज्ञी शाहको मुख्य भूमिका छ । फिल्मको पोस्टरमा मुख्य कलाकारका साथै शिशिर बाङ्देल, बुद्धि तामाङ, विशाल पहारी र रविन्द्र झा चित्रित छन् ।








