गृहपृष्ठ खबर वैखरी अनलाईनका प्रधान सम्पादक पौडेल विकास पत्रकारिता पुरस्कारबाट सम्मानित

वैखरी अनलाईनका प्रधान सम्पादक पौडेल विकास पत्रकारिता पुरस्कारबाट सम्मानित

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

वैखरी मिडिया प्रा.लि.द्धारा संचालित वैखरी अनलाईनका प्रधान सम्पादक अशोक पौडेल सम्मानित भएका छन् । बाणगंगा नगरपालिकाले शनिबार नगरको १३ औँ नगर सभामा पौडेललाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो ।

पौडेललाई नगरको विकासमा पत्रकारिताको क्षेत्रबाट प्रशंंसनीय भूमिका निर्वाह गरेकाले नगद रु. १५ हजारसहित पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।

पौडेल हर्ट विट एफ.एम.का स्टेशन म्यानेजर समेत हुन् ।

पौडेल करिब एक दशकदेखि पत्रकारिता पेशामा संलग्न छन् । सम्मानित पौडेलले श्रमजीवी पत्रकारको रुपमा निरन्तरता दिएको कारण आफु सम्मानित हुन पाएको भन्दै पेशागत मर्यादा र आवाज विहिनका आवाजको भुमिका निर्वाह गरिरहने प्रतिबद्धता जनाए ।

सम्बन्धित् समाचार