छोराको जिम्मेवारी
कस्तो समाज यो बेरोजगारी छोरा हुने आफ्नै घरमा बोझ,
भन्न त भन्छन दुनिया छोरा होस् त तलाई कति मोज
पैसा कमाएर सारा घर व्यवहार हेर्नुपर्ने नौ डाडै काटी
सबैलाई खुशी राख्नै पर्ने यो कस्तो जिम्मेवारी
सानो छदा बरु बाआमासॅग मागिन्थ्यो हरेक कुरा रोई कराई
पैसा भएन भनि आफ्नाले त चिन्दैनन् यहॅा हुन्छन सबै पराइ
बाबाआमा,परिवारको मन नदुखाइ एउटा असल छोरा बनु
परिवारलाई सधै खुशी राखी छोराको कर्तव्य पुरा गर्न सकु।
कविता लेखक ः एलिशा न्यौपाने








